सोमबार नेपालमा ३,५५६ जना कोरोना संक्रमित थपिए
नुवाकोट । सोमबार नेपालमा तीन हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् ।
विगत २४ घण्टामा देशभरमा भएको १३ हजार २९३ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ४०० आरटि पीसीआर परीक्षण र ८९३ एन्टिजेन परीक्षण भएको थियो ।
यसैगरी एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ रहेको छ । हालसम्म देशमा कुल तीन हजार १७६ जना संक्रमितको निधन भइसकेको छ । सोहि अवधिमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या भने ३७८ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमित हुनेको संख्या तीन लाख तीन हजार ५६१ र संक्रमण जित्नेको संख्या दुई लाख ७७ हजार ९५१ रहेको छ ।
आज काठमाडौंमा एक हजार ५६७ जना, ललितपुरमा २२३ जना र भक्तपुरमा १२२ जनामा संक्रमण पुष्टि भएको छ । यसरी उपत्यकामा एकैदिन एक हजार ९१२ जना कोरोना संक्रमित थपिएका हुन् ।
हाल क्वारेन्टिनमा ६५ जना रहेका छन् । थपिने संक्रमितमध्ये सबैभन्दा धेरैे २० देखि २९ वर्षसम्मका ८६३ जना र ३० देखि ३९ वर्षभित्रका ८५० जना रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया