लकडाउनको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै

विदुर खबर २०७८ वैशाख १३ गते १०:३४
फाईल फोटो ।

नुवाकोट । कोरोनाको दोश्रो लहर तीव्र भएपछि यसको चेक ब्रेक गर्न र नियन्त्रणका उपायहरुको विषयमा आवश्यक निर्णय लिन आज मन्त्रीपरिषद बैठक बस्ने भएको छ । 

Advertisement

अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रीपरिषद बैठक बोलाइएको छ ।  बैठकमा तीव्र गतिमा फैलिइरहेको कोरोना नियन्त्रण तथा रोकथामका उपायहरुको विषयमा छलफल भई निश्कर्ष आउने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार आजको मन्त्रीपरिषद बैठकले लकडाउन गर्ने या नगर्ने भन्ने विषयमा समेत निर्णय गर्नेछ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले कम्तीमा ३ साता देशव्यापी लकडाउन गर्नुपर्ने निश्कर्षसहितको सिफारिस मन्त्रीपरिषदलाई गरेको थियो ।

Advertisement

तत्काल देशव्यापी लकडाउन नगर्ने हो भने तराईमा ५०० बढी र पहाडमा २०० बढी सक्रिय संक्रमित भएमा त्यस्ता क्षेत्रमा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव दिएको थियो । 

प्रतिक्रिया