काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

नुवाकोट । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।
जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो ।
योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई भन्छन्, ‘सीसीएमसीको सिफारिसअनुसार के गर्ने पहिले तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर छलफल गर्छौं, त्यसपछि निषेधाज्ञाबारे निर्णय हुन्छ ।’ उनका अनुसार सोमबारै तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि स्थिति नियन्त्रणबाट बाहिर जानसक्ने देखिएकाले सोमबार छलफल गरेर निर्णयमा पुग्ने बताए ।
उपत्यकाका तीनवटै जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया