जिल्ला प्रशासन कार्यालयका काम भोलिदेखि बन्द

विदुर खबर २०७८ वैशाख १२ गते १७:४१

नुवाकोट । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिने सेवाहरु भोलिदेखि बन्द हुने भएका छन् । 

Advertisement

आइतबार काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका अनुसार अत्यावश्यक बाहेक जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै काम भोलिदेखि अर्को आदेश नआएसम्मका लागि बन्द गर्ने निर्णय भएको हो । 

Advertisement

यस्तै, यी तीन जिल्लामा रहेका अन्य सरकारी कार्यालयहरुलाई समेत आलोपालोमा आफ्नो दैनिक कार्यबाही संचालन गर्न निर्देशन दिने निर्णय भएको छ । यसको अर्थ अन्य कार्यालयको सेवा समेत आंशिक मात्र हुनेछ । 

प्रतिक्रिया