छिमेकीले चलाएको गोली लागेर एकको मृत्यु

विदुर खबर २०७८ वैशाख १० गते ७:४९
सूचक फोटो

नुवाकोट । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एकजनाको मृत्यु भएको छ ।

Advertisement

बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो ।

स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

Advertisement

आकाश प्रहरीको नियन्त्रणमा छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया