जेठ ६ गते उपनिर्वाचन हुने
विदुर खबर
२०७८ वैशाख १० गते ७:४४
नुवाकोट । नेकपा माओवादीका राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ एमाले प्रवेश गरेपछि रिक्त रहन आएको राष्ट्रिय सभा सदस्यको एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।
मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले वागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार उपनिर्वाचनको मिति घोषणा गरेको हो ।उपनिर्वाचनसम्बन्धी तयारी थालेको आयोगले भनेको छ– ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।’
आयोगले उपनिर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरूलाई समय दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया