जाडोमा कसरी देखिने ग्ल्यामरस ?
फेसनेबल तन्नेरीको लागि जाडोयाम त्यति अनुकुल मानिदैन । उनीहरु ठान्छन्, यसबेला फेसनमा उदार हुन पाइँदैन । पूरा शरीर ढाक्ने पहिरन लगाउनुपर्छ । रंगमा पनि विविधता दिन पाइदैन । अक्सर जाडोयाममा डार्क कलर लगाइन्छ ।
यद्यपी फेसन क्षेत्रका जानकारहरु भने तन्नेरीका यस्ता तर्कमा सहमत हुँदैनन् । उनीहरु भन्छन्, ‘समयअनुकुल फेसनले नै फेसनेबल देखाउने हो । यसका लागि सही ढंगले पहिरन छनौट गर्न चाहिँ सक्नुपर्छ ।’
कस्तो कोटसँग कस्तो पाइन्ट लगाउने ? कस्तो जुत्ता लगाउने ? मफलर र टोपी कसरी लगाउने ? यस्ता कुरामा ज्ञान हुनुपर्छ भन्छन् फेसनविद्हरु । जाडोको आफ्नै फेसन छ । नेपाली फेसनमा कोरियन स्टाइल यसबेला हावी हुने गर्छ । लङ कोट, लेगिङ्स, उलन स्वेटर, उलन टोपी, मफलर, लङ बुट आदि ।
यद्यपी पहिरन त्यतै छनौट गर्नुपर्छ, जो शरीर सुहाउँदो पनि होस् । अतः यहाँ जाडोको लागि उपयुक्त फेसन कस्तो हुन्छ भन्ने जानकारी दिइएको छ ।
जाडोको पहिरन
– न्यानोका लागि र स्मार्ट लुकका लागि तपाईं गोलो गला भएको स्वेटर लगाउन सक्नुहुन्छ । कुनै पनि लाइट कलरको स्वेटरका साथमा नीलो रंगको जिन्सले तपाईंको लुक्सलाई अझ आकर्षक देखाउँछ । यसका साथमा गलामा मफलर पनि लगाइयो भने त झन् सुनमा सुगन्ध भइहाल्यो ।
– जाडो महिनामा खैरो, कालो, गाढा निलो, बैजनी आदि रंगका कपडा लगाउनुपर्छ । यसले पनि फेसनेबल देखाउनेछ ।
– समग्र लुकका लागि मफलर, उनको नेक वार्मर र पञ्जा लगाउन सक्नुहुन्छ । यसले न्यानोमात्रै महसुस हुादैन, स्टाइलिस पनि देखाउाछ ।
– जाडोमा भेडाको ऊन सबैभन्दा प्रभावकारी हुन्छ । यसले चिसोबाट बचाउँछ । साथै भेडाको ऊनको कपडाले आकर्षक लुक पनि दिन्छ ।
– न्यानो कपडाको लेयरिङ तपाईंका लागि आरामदायक मात्रै हुादैन, फेसनेबल लुक दिनलाई पनि सहयोगी हुन्छ ।
जाडोमा लगाइने गहना
– जाडो मौसममा गहना लगाएर पनि फेसनेबल बन्न सकिन्छ ।
– जाडो महिनामा महिलाहरुले नाडीमा घडीका अलावा केही लगाउन हिच्किचाउाछन् । यस मौसममा चुरा वा ब्रासलेट लगाउनु व्यर्थ हुन्छ किनकी यो पुलओभर वा स्वेटरको बाहुलामा अल्झिन सक्छ ।
– जाडोमा कान न्यानो राख्न प्राय महिलाहरु कपाल खुल्लै छोड्छन्, र यसलाई ध्यानमा राखेर उनीहरुले सुन्दर हेयर पीन, ब्यान्ड वा स्टडको प्रयोग गर्नुपर्छ, जसले जाडोको पहिरनको हिसाबमा तपाईंको व्यक्तित्वलाई निखार्छ ।
– जाडोमा चम्किलो औंठी (हिराजडित भए अझ राम्रो) पनि शानदार देखिन्छ । यसले ग्ल्यामरस लुक पनि दिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया