एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा अचानक नुवाकोटमा,नुवाकोटको फुटवलको विकासबारे छलफल

विदुर खबर २०७५ साउन १३ गते १२:३४

नुवाकोट÷ अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा अचानक नुवाकोट आइपुगेका छन । उनी आइबतबार दिउँसो ३ बजे नुवाकोट उत्रिएका हुन ।

Advertisement

उनी नवाकोटमा भइरहेको फुटवल गतिविधि, योजना र विभिन्न कार्यक्रमहरुको जानकारी लिन नुवाकोट आएको नुवाकोट फटबल संघका एक सदस्यले विदुरखबरलाई बताए । छिरिङले आजै नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदान अवलोकन गरेका थिए । त्यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अहिले विदुर नगरपालिकाका मेयर संञ्जु पण्डितलाक्षर्् भेट्ने कार्यक्रम छ ।

Advertisement

 

नुवाकोटको आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानलाई अन्तरााट्रिय र रातको समयमा पनि खेल्न योग्ग बनाउने अनोपचारिक छलफल भइरहेको बेला एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको नुवाकोट आगमनलाई अर्थपुर्ण रुपमा हेरिएको छ । स्मरण रहोस नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानको निर्माणको लागि विदुर नगरपालिकाले एक करोड रुपैयाँ दिने अनौपचारिक सहमति भइसकेको एन्फा नुवाकोटका एक सदस्यले बताइसकेका छन ।

Advertisement

प्रतिक्रिया