नुवाकोटमा मेघगर्जन र हावाहुरीसहित बर्षा
नुवाकोट । बिहीबार नुवाकोटको मौसम बिहानैदेखि बदली भएको छ ।
अहिले नुवाकोटसहित विभिन्न स्थानमा मेघगर्जन र हावाहुरी सहित पानी परेको छ । आज नुवाकोटसहित देशका अन्य स्थानमा पानी पर्ने मौसमविद्ले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केहि स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने समभावना रहेको छ ।
आज देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको हो । महाशाखाको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
यस्तै आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।यस्तै आज राती देशभर पहाडी भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू९भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया