पत्रकार महासंघ नुवाकोटको चुनाव रोकियो, निर्वाचन समितिको कार्यालयमा ताला

नुवाकोट । अबैधानिक निर्वाचन समिति मार्फत गराउन लागिएको चुनाव रोक्न माग गर्दै नेपाल पत्रकार महासंघ नुवाकोट र निर्वाचन समितिको कार्यालयमा ताला लगाइएको छ ।
ताला लगाएसगैँ बुधबार एक पक्षीय रुपमा अबैध निर्वाचन समितिले गराउन लागेको चुनाव अब रोकिने भएको छ । अध्यक्षका उम्मेदवार नारायण प्रसाद नेपाल र उनको प्यानलको उपाध्यक्षको उम्मेदवार रुपा अर्याल सहित तथा अर्को प्यालनबाट उपाध्यक्षका उम्मदेवार तथा प्रेस युनियन नुवाकोटका अध्यक्ष समेत रहेका नमराज सुवेदी सहितले बैशाख ८ गते अबैध निर्वाचन समितिले गर्न लागेको चुनाव रोक्न माग गरिएको हो ।
उम्मेदवारहरु र पत्रकारहरु आबद्ध विभिन्न पेशागत संगठनले अहिलेको निर्वाचन समितका संयोजक रहेका बशुराम रिजाल र सदस्य उत्तम घिमिरेले जसरी भएपनि अध्यक्षका उम्मेदवार कपिललाई जिताउने प्रपञ्च यसअघि गरेको पुष्टि भएर निर्वाचन रद्द भएको र अलिहे पनि उनीहरु कपिललाई जिताउन मरिमेटेर लागेपछि त्यसको विरोधमा यो निर्वाचन समिति विघठन गरेर अर्को निर्वाचन समिति गठन गर्न र तत्कालै चुनाव गराउन माग गर्दै पत्रकार महासघको कार्यालयको मुल ढोका र सोही भवनमा रहेको निर्वाचन समितिको कार्यालयमा मंगलबार साँझ ताला लगाएको हो ।
निर्वाचन समितिका संयोजक बशुराम रिजाल र सदस्य उत्तम घिमिरेले जसरी पनि कपिललाई चुनाव चिताउन लागेपछि त्यसको बिरोध गर्दै निर्वाचन समितिका सदस्य राम श्रेष्ठले सोमबार राजीनामा दिएका थिए । यसरी निर्वाचन समितिका सदस्यले राजीनामा दिएको र अध्यक्षका उम्मेदवार नारायण प्रसाद नेपाल र उनको प्यानलको उपाध्यक्षको उम्मेदवार रुपा अर्याल सहित तथा अर्को प्यालनबाट उपाध्यक्षका उम्मदेवार तथा प्रेस युनियन नुवाकोटका अध्यक्ष समेत रहेका नमराज सुवेदी सहितले बैशाख ८ गते अबैध निर्वाचन समितिले गर्न लागेको चुनाव रोकेर अर्को समिति गठन गर्न माग गरेसगैँ जसरी पनि कपिललाई जिताउने निर्वाचन समितिको ध्याउन्न विफल भएको छ ।

ताला लगाएसगैँ बुधबार एक पक्षीय रुपमा गर्न लागेको चुनाव रोकिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया