नेपालले नेदरल्यान्ड्सलाई दियो २०७ रनको लक्ष्य
विदुर खबर
२०७८ वैशाख ७ गते १५:३१
नुवाकोट । थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेपछि नेपालले २०६ रन बनाएको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै २० ओभर खेल्दै छ विकेट गुमाएर उक्त स्कोर बनाएको हो।
तीन खेलमा लगातार तेस्रो अर्धशतक पूरा गरेका भुर्तेलले ४६ बलमा आठ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन जोडे। यसअघि उनले सोमबार मलेसिया र शनिबार नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए।
आजको खेलमा ऐरीले ३० बलमा पाँच छक्का र तीन चाैकासहित ६० रन बनाए। सोमपाल कामीले २१, ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, विनोद भण्डारीले सात रन बनाए। करन केसीले एक रनमात्र जोड्दा आसिफ सेखले खाता खोल्नसमेत असफल रहे।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने





प्रतिक्रिया