महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटको कार्यसमिति निर्वीरोध,अध्यक्षमा अञ्जली पाण्डे

विदुर खबर २०७५ साउन १३ गते ११:५०

नुवाकोट, महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला शाखा नुवाकोटको अध्यक्षमा अञ्जली पाण्डे चयन हुनुभएको छ । सञ्जालको आज बिदुरमा भएको नवौ साधारण सभा तथा पहिलो अधिवेशनले पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ ।

Advertisement

समितिको उपाध्यक्षमा धनकुमारी रिजाल, सचिबमा गमला लामा र कोषाध्यक्षमा लक्ष्मी घिमिरे चयन हुनुभएको छ । सदस्यहरुमा पार्वती उप्रेती, सबिना रिमाल, अस्मिता थापा, शर्मिला उप्रेती, सम्झना प्रसाई, बिना खाती, गीता बस्नेत र सन्तोषी केसी रहनुभएको छ ।

यस्तै समितिको सल्लाहााकारहरुमा शर्मिला थापा मगर, बिन्दा अर्याल, शुभद्रा नेपाल, बच्चुमायाँ सुनारी मगर रहनुभएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटको नवनिर्वाचित अध्यक्ष अञ्जली पाण्डेले नुवाकोटको दुई नगरपालिमा र १० गाउँपालिकासँग समन्वय गरी महिला तथा मानव अधिकार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । सञ्जालले जिल्लामा विभिन्न महिला हिंसा न्युनिकरण सम्वन्धि सक्रिय रुपमा अभियान सञ्चालन गर्दै आईरहेको छ ।

Advertisement

प्रतिक्रिया