पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
नुवाकोट । सरकारले पाँच वर्षसम्मका बालबालिकालाई सोमबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सोमबार खान छुटेकालाई मंगलबार पनि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रममार्फत् सरकारले हरेक वर्ष भिटामिन र र जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह पनि गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया