जितेन्द्र अर्यालको नेतृत्वमा पब्लिक क्याम्पस प्राध्यापक संघ
विदुर खबर
२०७८ वैशाख ५ गते २०:१९

नुवाकोट । जितेन्द्र अर्यालको नेतृत्वमा पब्लिक क्याम्पस प्राध्यापक संघ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको कार्यसमिति चयन गरिएको छ ।
आईतवार बट्टारमा भएको चौथो अधिवेशनले अर्यालको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । समितिको उपाध्यक्षमा सुकमान डंगोल, सचिवमा सरोज बोगटी, सहसचिवमा ओमकारेश्वर सापकोटा र कोषाध्यक्षमा रुपशिखा मुनाकर्मी चयन भएका छन् ।
यस्तै समतिको सदस्यहरुमा नारायणमान डंगोल,बद्रीप्रसाद गजुरेल,शुशिला गजुरेल,प्रकाश सडौला,राजकुमार आचार्य र षडानन्द अर्याल चयन भएको नवर्निर्वाचित अध्यक्ष जितेन्द्र अर्यालले जानकारी दिए ।
कार्यसमितिमा चयन भएका शिक्षकहरुले शैक्षिक गुणस्तर कायम गर्ने र प्राध्यापकहरुको हकहितको काम गरेर क्याम्पसलाई जिल्लाकै उत्कृष्ठ शैक्षिक केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया