जनताको लगानीमा ३ हजार मेगावाटको १६ आयोजना, ५ वर्षमा सबै नेपालीसँग आकर्षक विद्युत् आयोजनाको शेयर
नुवाकोट ,ऊर्जा मन्त्रालयले सबै नेपालीको लगानी हुने गरी ३ हजार मेगावाट बिजुली उत्पादन क्षमताका १६ वटा आयोजनाको छनोट गरेको छ । मन्त्रालयाले नदी प्रवाही आयोजना (आरओआर)का यस्ता योजना आागमी ५ वर्षभित्रै निर्माण सक्ने र यसमा सबै नेपालीको शेयर रहने गरी आयोजना छनोट गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षामान पुनले जानकारी दिए ।
ऊर्जा क्षेत्रको विकास गरेरै आगामी १० वर्ष भित्रमा नेपाललाई दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गराउने अभियान थालेको छ । सरकारले आगामी १० वर्षसम्मको समय ‘ऊर्जा विकास दशक’ घोषणासमेत गरेको छ । ऊर्जामन्त्री वर्षामान पुनले तीन वर्षभित्रै नेपाल ऊर्जामा आत्मनिर्भर बनाउने र बिजुली बेच्न नै सुरु गर्ने बताइरहेका छन् । १० वर्षमा आन्तरिक खपत बढाएर हालको १३ सय मेगावाटबाट १० हजार मेगावाट पु¥याउने र ५ हजार मेगावाट बिजुली बिक्री गर्ने गरी ऊर्जा विकासको स्वेतपत्र पनि जारी गरेका छन् । जलविद्युत्लाई अन्धकार हटाउने रूपमा मात्रै नहेरेर उज्लालो भविष्यको रूपमा पनि हेरिएको छ । सरकारले भर्खरै उद्योगमा पनि लोडशेडिङ हटाएर देशभरबाटै अध्यारोलाई इतिहास बनाएको छ ।
अघिल्लो वर्षसम्म ऊर्जा अभावमा हाहाकार गर्दै हिँडेको नेपालको निम्ति भएकै ऊर्जाको व्यवस्थित प्रयोग गरिएकोर नपुग बिजुलीलाई आयात गरेर माग धान्ने प्रयास भएको छ । देशको भविष्य उज्यालो बनाउन ऊर्जा विकास नै आवश्यक भएको मन्त्री पुनले बताए । उनले भने ‘अबको आवश्यकता ऊर्जा विकास गर्ने र नेपालीको आर्थिक बृद्धिदर बढाउने नै हो ।’,जबसम्म नेपाल ऊर्जामा आत्मनिभर हुँदैन तबसम्म आर्थिक विकासले गति लिनै सक्दैन् । ऊर्जा विकास पछि समग्र क्षेत्रबाट सकारात्मक काम हुन्छ भने उत्पादन बढेसँगै स्रोत र साधानको सहजता हुने भएकोले त्यसपछि आर्थिक बृद्धिले गति लिने छ । हालसम्ममा नेपालको विद्युत् उत्पादन क्षमता जम्मा १०७३ मेगावाट छ यो ऊर्जामा जलविद्युतबाट १०१६ मेगावाट, डिजेल÷मल्टिफ्युलबाट ५४ मेगावाट सौर्य ऊर्जाबाट २.६८ मेगावाट विद्युत् उत्पादन भएको छ ।
तथ्यांक अनुसार नेपाल विद्युत् प्राधिकरणबाट ५६२ मेगावाट र निजी क्षेत्रबाट ५११ मेगावाट बिजुली उत्पादन भइरहेको छ । अहिले बिजुलीको माग देशभरबाट जम्मा १५३५ मेगावाट मात्रै रहेको छ । माग धान्न सरकारले भारतबाट ४६२ मेगावाट बिजुली आयात गरिरहेको छ ।
सबै प्रदेशबाट विजुली उत्पादन र वितरण
सरकारले सबै प्रदेशबाट बिजुली उत्पादन गर्ने र वितरण गर्ने गरी विभिन्न योजना अगाडि सारेको छ । प्रत्येक प्रदेशमा कम्तीमा एक बहुउद्देश्यीय जल विद्युत् आयोजना सञ्चालन गर्ने र सबै प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउने योजना रहेको छ ।
तमोर, कन्काई, उत्तर गंगा, नौमुरे, सुनकोशी दोस्रो र तेस्रो, कालिगण्डकी तथा नलगाढको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाइने भएको छ । स्वादेशी लगनीमा बनाउने प्रक्रिया अगाडि बढेको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाउन थालिएको पनि ऊर्जा मन्त्रालयको भनाइ छ ।आगामी पाँच वर्षभित्र नेपाल चीन जोड्ने गल्छी–रसुवागढी–केरुङ प्रसारण लाईन निर्माण सम्पन्न गर्ने, पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल लोकमार्गको समानान्तरमा र नदी वेसिनका आधारमा उत्तर दक्षिण प्रसारण लाईन निर्माण गरेर ऊर्जा पूर्वाधारलाई थप बलियो बनाउे उल्लेख छ ।
कुन प्रदेशमा कति बिजुलीको योजना
प्रदेश नम्बर १ : सरकारले तयार पारेको योजना अनुसार प्रदेश नम्बर १ मा तमोर (७६२ मेगावाट), दुधकोशी (८०० मेगावाट) र अपर अरुण (७२५ मेगावाट), किमाथाङ्का अरुण (४५० मेगावाट), अरुण–४ पिकिङ (३७२ मेगावाट), तल्लो अरुण (६७९ मेगावाट) बनाउने भएको छ ।
प्रदेश नम्बर २ : जलविद्युत्को संभावना नरहेको यो प्रदेश २ भने कम्तिमा २०० मेगावाटको सौर्य विद्युत् बनाउने योजनालाई अगाडि सारेको छ ।
प्रदेश नम्बर ३ : प्रदेश ३ को लागि सुनकोशी २ (१११० मेगावाट) सुनकोशी ३ (५३६ मेगावाट), तामाकोशी–५(१०१ मेगावाट), खिम्ती शिवालय (५०० मेगावाट), कोखाजोर (१११ मेगावाट) निर्माण गर्ने भएको छ ।
प्रदेश नम्बर ४ : गण्डकी नामाकरण भएको यो प्रदेशमा बुढीगण्डकी (१२०० मेगावाट), अपर सेती (१४० मेगावाट), उत्तरगंगा (८२८ मेगावाट), आँधीखोला (१८० मेगावाट) निर्माण हुने छ ।
प्रदेश नम्बर ५ : प्रदेश नम्बरमा ५ नौमुरे जलाशययुक्त (२४५ मेगावाट), काली गण्डकी २ (८७० मेगावाट), माडी (२५३ मेगावाट) र अपर झिम्रुक (१०० मेगावाट) बनाउने भएको छ ।
प्रदेश नम्बर ६ : कर्णाली नामाकरण भइसेको यो प्रदेशमा नलगाड (४१० मेगावाट) र फुकोट कर्णाली (४२६ मेगावाट), जगदुल्ला (१०० मेगावाट) छ ।
प्रदेश नम्बर ७ : प्रदेश नं ७ पश्चिम सेती जलाशययुक्त (७५० मेगावाट) र एसआर –६ (२७६ मेगावाट) र चैनपुर सेती (२१० मेगावाट)को योजनालाई प्रदेश अनुसार प्राथमिकिकरण गरेको छ ।
३४ लाख ६५ हजारमा विजुली पहुँचमा
नेपाल विद्युत् प्राधिकरणले हालसम्म देशका ७६ जिल्लामा मात्रै विद्युत् सेवा उपलब्ध गराएको छ । सोलुखुम्बुमा भने स्थानीय निजी विद्युत् कम्पनीबाटै आवश्यक मागको परिपूर्ति गरिरहेको छ ।
गत फागुनसम्ममा प्राधिकरणको ग्राहक संख्या जम्मा ३४ लाख ६५ हजार ८२२ पुगेको छ । नेपाल विद्युत प्राधिकरण बाहेक २८१ वटा स्थानीय सामुदायिक संस्थाहरुबाट करिब ५ लाख ग्राहकहरूलाई सेवा प्रदान गरिएको छ ।
विद्युत् विकास विभागका १५ हजार ८८७ मेगावाट बिजुली उत्पादन गर्न ३०२ वटा कम्पनीले उत्पादन सर्वेक्षणको अनुमति लिएकामा ४६४२ मेगावाट क्षमताको निम्ति १७२ वटा आयोजनाले निर्माणको काम अगाडि बढाएको उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया