नेपालमा एकैदिन ५०० भन्दा धेरै कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ चैत ३० गते २०:३१

नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

Advertisement

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार एकैदिन ५५९ जना कोरोना संक्रमित थपिएका छन् । कुल पाँच हजार १०५ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

संक्रमितसँगै मृत्यु हुने संक्रमितको संख्या पनि वृद्धि भएर १३ पुगेको छ । हालसम्म देशभरमा कुल तीन हजार ५३ जनाको संक्रमणका कारण निधन भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या भने १३८ रहेको छ भने कुल दुई लाख ७४ हजार १६५ जनाले संक्रमण जितिसकेका छन् ।

Advertisement

संक्रमित हुनेहरुमा काठमाडौंका १५९ जना, भक्तपुरका ८ जना र ललितपुरका ४४ जना गरी उपत्यकाका कुल २११ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार ३०३ जनामा काेभिड १९ पुष्टि भएकाे थियाे । यस हिसाबले झण्डै दाेब्बरकाे संख्यामा यसदिन संक्रमितकाे संख्या वृद्धि भएकाे हाे । 

Advertisement

प्रतिक्रिया