नेपालमा भूसको आगोझै फैलिँदै कोरोना

विदुर खबर २०७७ चैत २९ गते १४:४९

नुवाकोट । नेपालमा कोरोनाको संक्रमण भूसको आगो झै फैलिइन थालेको विज्ञहरुले दाबी गरिरहँदा उपलब्ध तथ्याङ्कहरुले पनि यस्तै संकेत गर्न थालेका छन् । 

Advertisement

केही दिनअघि सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सामाजिक सञ्जालमा ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै गएको मान्न सकिन्छ’ भनी लेखेका थिए ।

उनको स्टाटस झै कोरोना भाइरसको यूके भेरिएन्ट नेपालमा समेत भूसको आगो झै भित्रभित्रै फैलिइरहेको तथ्याङ्कहरुले देखाउन थालेका छन् । पछिल्ला केही दिनको कोरोना संक्रमणदरलाई हेर्ने हो भने अवस्था भयावह बन्दै गएको देखिन्छ । 

Advertisement

छिमेकी भारतमा अहिले एकदिनमै १ लाख ५२ हजारभन्दा बढी संक्रमितहरुको पहिचान हुन थालेको छ । भारतसँग खुल्ला सीमानाका रहेका कारण समेत नेपालमा त्यहाँको संक्रमण सहजै भित्रिएको र भित्रभित्रै फैलिइरहेको अनुमान गर्न गाह्रो छैन । 

हुन त सरकारले भीडभाड हुने क्षेत्रमा पर्याप्त मापदण्डहरु अपनाउन भनिसकेको छ । कोभिड १९ क्राइसिस म्यानेजेमन्ट सेन्टरको बैठकमा तत्कालका लागि ३ सातासम्म स्कूल, कलेज, फिल्महल, जिमहल लगायत बढी भीडभाड हुने क्षेत्र बन्द गर्नुपर्ने विषयमा समेत छलफल सुरु भइसकेको छ ।

Advertisement

तर, सरकारले ढिलो तयारी गर्दा र नागरिकहरुले पनि स्वास्थ्यका मापदण्ड पालनामा गम्भीर नबन्दा अवस्था नियन्त्रणबाहिर जान थालेको विज्ञहरुले दाबी गर्न थालेका छन् । 

प्रतिक्रिया