लहानमा सुनचाँदी व्यवसायीको हत्या, दुईजना पक्राउ
नुवाकोट । सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।
लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन् । प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझारको हत्या गरेका हुन् ।
टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोलीसमेत प्रहार गर्दा मिझार गम्भीर घाइते भएका थिए । उनलाई तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिताकुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसाय गर्दै आएका थिए ।
घरको पछाडिपट्टिको भागबाट भर्याङ लगाई घरको छतमा चढी छतको ढोका प्रयोग गरी भुईं तल्लामा झरेर फलामको हम्मर र फलामको छिनोले ढोका फोडेर ६/७ जना लुटेरा समूह भित्र प्रवेश गरेका थिए । घरभित्र प्रवेश गरेका उनीहरुको प्रतिकार गर्ने क्रममा सुनचाँदी व्यवसायीको हत्या भएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया