विद्यालय बन्द गरेर अनलाइन रूपमा कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह
नुवाकोट । स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।
पछिल्लो समय विद्यार्थीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आग्रह गरेको हो ।
दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकेको छ ।पछिल्लो समयअन्य देशसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठीले विद्यालय बन्द गरेर अनलाइन रूपमा कक्षा सञ्चालन गर्नुपर्ने बताए । पढाईलाई कुनै बाधा नहुने गरी आवात जावत मात्रै बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया