केन्द्रिय निर्वाचन समितिको निर्देशन अवज्ञा गर्दै नुवाकोटमा विजयी घोषणा
नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोट शाखामा बुधवार भएको निर्वाचनमा विवाद देखिएपछि तत्काल मतगणना रोक्न निर्देशन दिएको केन्द्रिय निर्वाचन समितिको निर्देशन जिल्ला निर्वाचन अधिकृतले अवज्ञा गरेका छन् ।
निर्वाचनकै दिन मंगलवार राती १० बजेर २४ मिनेटमा अध्यक्षका उम्मेदवार नारायण नेपाल, उपाध्यक्षका उम्मेदवार नवदिप श्रेष्ठ, महिला उपाध्यक्षका उम्मेदवार रुपा अर्याल र स्वतन्त्र रुपमा कोषाध्यक्षको पदमा उम्मेदवार दिएकी गमला लामाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन पश्चात नमूना मतपत्र समेत उपलब्ध नगराई निर्वाचन प्रक्रियामा महासंघको जिल्ला कार्यसमिति र केन्द्रीय परिषद सदस्य पदको मतपत्रमा निर्वाचन कार्यविधी तथा आचारसंहिता विपरित मतपत्र क्रम संख्या उल्लेख गरिएको र अर्धकट्टी समेत नष्ट गरिएको भन्दै नियम विपरित भएको मतदान तथा निर्वाचन कार्य रद्ध गर्नको लागि केन्द्रिय निर्वाचन समिति, बाग्मति प्रदेशस्तरीय निर्वाचन समिति, जिल्ला निर्वाचन समित र जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।

केन्द्रिय समितिको बैठकले जिल्लाको मतदान प्रक्रिया र मतगणनाको विषयमा छलफल गर्दा तत्काल जाँचबुझ अगाडी बढाएर केन्द्र र प्रदेशको मतगणना गर्न तथा जिल्लाको मतगणना स्थगित गर्न जिल्ला निर्वाचन समितिलाई निर्देशन दिएको थियो । तर जिल्ला निर्वाचन समितिले केन्द्रिय निर्वाचन समितिको निर्देशन वमोजिम जिल्लाको नै पहिला मतगणना गरेका थिए ।
निर्वाचन आयोग स्रोतका अनुसार जिल्लाको मतगणना नगर्न र सपथग्रहण नगर्न दिएको निर्देशन जिल्ला निर्वाचन अधिकृत वर्शुराम रिजालले अवज्ञा गरेका हुन् । केन्द्रिय निर्वाचन समितिको बिहिबार साँझ ५ बजेपछि बसेको बैठकले छलफलको क्रममा जिल्ला निर्वाचन अधिकृतलाइृ सम्पर्क गर्दा उनी मोवाइल अफ गरेर सम्पर्क वाहिर रहेको निर्वाचन स्रोतले बताएको छ ।
यसैविच बुधवार भएको मतदानप्रति नेपाल प्रेस युनियन नुवाकोटले पनि आपत्ति जनाएको छ ।
विहिवार प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदीले एक विज्ञप्ती जारी गर्दे निर्वाचनमा मतपत्रमा सांकेतिक चिन्ह प्रयोग गरिएको तथा महासंघको विधानले तोकेको सदस्य संख्या भन्दा बढी सदस्य संख्या निर्वाचित गरेको भन्दै जिल्लामा पुन मनोनयन गरि निर्वाचन प्रक्रिया शुरु गरि २५ गते मंगलवार भएको निर्वाचन प्रक्रिया रद्ध गर्न माग गरेका छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया