बागमती प्रदेशसभा बैठक चल्न सकेन, माओवादीद्वारा अवरोध

नुवाकोट । बागमती प्रदेशको प्रतिपक्ष दलका नेताहरुले प्रदेश सरकारको विद्युतीय बस संचालन योजना प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रदेशका प्रतिपक्ष दलका ४ जना नेताहरुले प्रदेश सरकारको विद्युतीय बस संचालनको योजना प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
बैठक सुरु हुने वित्तिकै प्रदेशको दोस्रो प्रतिपक्ष दल नेता नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले विशेष समयमा बोल्दै प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने भन्नु हुँदै मन्त्रिपरिषदले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस संचालनको काम अघि बढाउँदा भ्रष्टाचार गर्नु उद्देश्य रहेको आरोप लगाए ।
उनले सरकारले अघिल्लो वर्ष झै यस वर्षमा पनि आफ्नो नीति तथा कार्यक्रम माथि आइएनजिओलाई अनुदानको बजेट विनियोजन गर्ने कुनै प्रावधान नराखिएको हुँदा अहिलेको सरकारले मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिनु एमाले दललाई आफ्नो राजनीतिक दलको स्वार्थ पुरा गर्ने प्रयोजनको निमित्त के–के मापदण्ड तयार गरेर दिइएको हो संसदमा प्रष्ट पार्न माग गरे ।
नेता बानियाँले सरकारले आफै निर्माण कम्पनी स्थापना गरी संचालन गर्न भनि विधेयक ल्याउन खोजिएकोमा आपत्ति प्रकट गर्दै जनताकै सहभागितामा निजी कम्पनीहरु संचालन हुनु स्वाभाविक भएको तर सरकारले नै कम्पनी स्थापना गर्नु नाजायज र भ्रष्टाचारलाई प्रोत्साहित गर्न खोजिएकामा चिन्ता व्यक्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया