वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
विदुर खबर
२०७७ चैत २६ गते १६:०५
नुवाकोट । सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाएको छ ।
६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।
कोरोना भाइरस कोभिड—१९ को संक्रमण बढ्दै गएकाले सुरक्षा सावधानी अपनाएर अभियान सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
कोरोनाकै कारण बालबालिकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम भने स्थगन गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया