शिवपुरी गोल्डकपको उपाधि विदुर नगरपालिकालाई
नुवाकोट । शिवपुरी अध्यक्ष गोल्डकप फुटबलको प्रतियोगिताको उपाधि विदुर नगरपालिकाले उचालेको छ ।
फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विदुरले उपाधि उचालेको हो । विदुरका लागि ४ वटै गोल आकाश रानामगरले गरेका थिए । उनले खेलको १६, १९, ४८ र ५८ औं मिनेटमा गोल गरे । शिवपुरीका लागि १ गोल आशिष थिङले ४३ औं मिनेटमा गरेका थिए । उनले प्रहार गरेको उत्कृष्ट फ्रिकिकले जाली चुमेको थियो ।
जितसँगै विदुर नगरपालिकाले ६ लाख रुपैयाँ नगद र ट्रफी हात पा¥यो । त्यस्तै शिवपुरीले ४ लाख रुपैयाँ नगद र ट्रफी पायो ।
त्यस्तै सुर्यगढीलाई ५–१ ले पराजित गर्दै किस्पाङ गाउँपालिकाले तेस्रो स्थान हासिल ग¥यो । किस्पाङका लागि बुद्धि तामाङ, खेमन तामाङ, पृथ्वीनरसिंह प्याकुरेल र सुमन तामाङले गोल गरे । खेमनले ४२ र ६५ औं मिनेटमा गोल गरेका थिए । किस्पाङले २ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताभरमा शिवपुरी गाउँपालिकाका खेलाडी मोहन गुरुङ उत्कृष्ट सावित भए । उनले १५ हजार नगद प्राप्त गरे । त्यस्तै उच्च गोलकर्ता विदुर नगरपालिकाका आकाश रानामगर, उत्कृष्ट मिडफिल्ड सुर्यगढीका रञ्जित गुरुङ, उत्कृष्ट गोलरक्षक विदुरका सुर्य तामाङ, उत्कृष्ट डिफेन्डर शिवपुरीका अलिक रुम्बा, उत्कृष्ट फरवार्ड शिवपुरीका सागर भण्डारी घोषित भए । उनीहरुलाई जनही नगद ५ हजार प्रदान गरियो ।
उत्कृष्ट प्रशिक्षकको विधा भने विदुर नगरपालिकाका प्रशिक्षकले पाउनु पर्नेमा रेफ्री तथा आयोजकप्रति अभद्र व्यवहार देखाएकाले विधा नै रद्ध गरिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि सांसद हितबहादुर तामाङ, विशिष्ट अतिथी सांसद बहादुर सिंह लामा, बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया