पत्रकार महासंघ नुवाकोटमा नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै
विदुर खबर
२०७७ चैत २५ गते ८:३३

नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
विदुरको इलम प्रशिक्षण केन्द्रमा आज बिहान ९ बजेदेखि ४ बजेसम्मका लागि मतदानको समय तय गरिएको छ । मतदान सकिएपछि आजै मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।
महासंघ नुवाकोटको अध्यक्षमा कपिलदेव खनाल र नारायण नेपालले उम्मेद्धवारी दिएका छन् । यस्तै उपाध्यक्षमा नवदिप श्रेष्ठ र नमराज सुवेदीको उम्मेद्धवारी परेको छ । अध्यक्ष, २ जना उपाध्यक्ष, सहसचिव, कोषाध्यक्षसहित १७ पदमा निर्वाचन हुन लागेको हो ।
Advertisement
नुवाकोटमा एक सय ७४ मतदाताले मतदान गर्न पाउनेछन् । निर्वाचनमा बिभिन्न दल निकट संघ, संस्था प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया