नुवाकोटमा जिलिङमा ३५ करोडको लगानीमा रिसोर्ट बन्दै

विदुर खबर २०७५ साउन १२ गते ६:४५

विदुर ÷ नुवाकोटको वेलकोटगढी नगरपालिकामा ३५ करोड रुपैयाको लगषनीमा ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फाम हाउस स्थापना हुने भएको छ । त्रिदेशीय मार्गको रुपमा स्थापित भइरहेको नुवाकोटमा खुल्न लागेको ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फाम हाउस आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षीत गरेर खुल्न लागेको बताइएको छ ।

Advertisement

फार्म हाउस स्थापनाका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता समेत गरि सकिएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं ५ विष्णुप्रसाद नेपालको अध्यक्षतामा यही साउन २ गते बुधबार कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा रिसोर्ट दर्ता गरिएको छ । रिर्साट बेलकोटगढी नगरपालिका वडा नं २ को जिलिङमा बन्ने बताइएको छ । पर्यटकीय दृष्टिले प्रचुर संभावना रहेको नुवाकोटमा भारतीय र चिनियाँ पर्यटक बढ्ने भएकाले पनि रिसोर्ट स्थापना गर्न लागिएको नेपालल विदुर खबरलाई बताए ।

रिसोर्टका प्रवद्र्धकमा जग्गाधनी ठाकुर खतिवडा, केशव अर्याल, बद्रीलाल श्रेष्ठ, शिव कोइरालालगायत ३२ जना रहेका छन । रिसोर्टबाट त्रिशूली र तादी नदी, देवीघाट तथा गणेश र लाङटाङ हिमाल देखिने बताइएको छ । रिसोर्ट निर्माणको काम आगामी मङ्सिरदेखि शुरु हुने बताइएको छ । बन्न लागेको रिर्साट सुविधासम्पन्न र उच्च स्तरीय हुने बताइएको छ ।

Advertisement

प्रतिक्रिया