शिवपुरीमा १८ बर्ष पछि पुर्व सासंद लोहनीले गाउँमा रोपाइँ गरे

विदुर खबर २०७५ साउन १२ गते ४:२९

हरि भेटवाल / नेपाल कृषि प्रधान देस हो । तर आज कृषिमा गाउँघर तिर खेतीपाती गर्ने मान्छे कमै छन । गाउँ का खेतीयोग्य भुमि बाझिएको छ। कति मानिस रोजगारी र विभिन्न काम र बैदेशिक रोजगारी ले गर्दा शहर र िबदेस जानले गाउँमा कृषि पेसामा लाग्ने कम भईसकेको छ।कृषि को उत्पादन ले नेपाल आफै आत्मनिर्भर हुन सकिरहेको छैन ।

Advertisement

 

Advertisement

यो समयमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा न ८ थानपतिको खनियाचौरमा पुर्व नेकपा एमाले का पुर्व सासंद राजेन्द्र प्रकास लोहनीले आफ्नो २५ रोपनी खेतमा बाजागाजा सहित रोपाइँ गर्नु भएको छ । उक्त रोपाइँ कार्यक्रममा प्रमुख अतिथि नुवाकोट निर्वाचन क्षेत्र न २ प्रदेस क सासद केसब पाण्डे रहनु भएको थियो उहाँ ले बाउसे गरेर रोपाइँ सुरुवात गर्नु भएको थियो । उक्त रोपाइँ कार्यक्रममा नुवाकोटका प्रतिनिधिसभा सासंद नारायण प्रसाद खतिवडा आयर बाउसे गरेर रोपाइँ गर्ने भनियता पनि उहाँ आफ्नो कार्यब्यस्तताले न आयको बताए । उक्त रोपाइँ कार्यक्रममा प्रमुख अतिथि प्रदेस सासंद केसब पाण्डेले गाउँमा खेतीयोग्य भुमि बाझिएको अबस्थामा अब कृषि लाई आधुनिककरण गरि ब्याबसायि बनाई रोजगारी गाउँमा नै सिर्जना गरि समृद्धि मा पुग्न सकिने बताउनु भयो ।

Advertisement

 

 

पुर्व सासद लोहनीले नेपाल कृषि प्रधान देस भएता पनि कृषि क्षेत्रमा लगनेहरु पलायन भएको अबस्थामा कृषि बाट उत्पादन गरि गाउँ को बिकास समृद्धि मा पुयाउन कृषिको सरकारले विभिन्न अनुदान किसानलाई दियता पनि लगानी गरेको फलदायी राम्रो नभएको अबस्थामा अब युवा शक्ति कृषिको ब्यासायिक रुपमा लागि गाउँमै रोजगारि दिने कार्यक्रम सरकारले पनि लेउन पर्ने र कृषि मा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । रोपाइँ मा नुवाकोट जिल्ला का हाल नेकपा तथा पुर्व एमाले का विभिन्न तहका जिल्ला तथा स्थानीय तहका नेता कार्यकताहरु को बाक्लो उपस्थिति रहेको थियो । रोपाइँ कार्यक्रममा उपस्थिति भई हिलो खेलि पञ्चे बाजा बजाई रौनक लिई रोपाइ गर्नेु भएको थियो । रोपाइँ मा आएको नेता कार्यकताहरु ले लोहनीले गनु भएको रोपाइ खेती ले खेती गर्ने छोडेर हिडेका नेता कार्यकताहरुलाई गाउँमा खेती गरि कृषि मा ब्यबसायिक रुपमा लाग्ने प्रेेेरणा मिल्ने बताएको थिए।

प्रतिक्रिया