आमाको माया छात्रवासलाई खाद्यान्न सहयोग

नुवाकोट । जिल्ला सहकारी संघ, विदुर नगर सहकारी समन्वय उप–समितिले ६४ औ रााष्टिय« सहकारी दिवसको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर २ मा रहेका आमाको माया छात्रवासमा रहेका वालिवालिकालाई खाद्यान्न वितरण गरेको छ ।
शुक्रवार संघका पदाधिकारीहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत जनजाति कल्याण आश्रम नेपालद्धारा संचालित आमाको माया छात्रवासमा पुगेर खाद्यान्न, तरकारी र नगदसहित २५ हजार रुपैयाँ बराबरको सहयोग गरेको जिल्ला सहकारी संघ, विदुर नगर सहकारी समन्वय उप–समितिका संयोजक नविन्द्रमान प्रधानले जानकारी दिए ।
समितिले विगतका वर्षहरुमा विभिन्न क्षेत्रमा आर्थिक सहयोगका साथै त्रिशुली अस्पतालमा स्वास्थ्य सामाग्री वितरण, विभिन्न खेलकुद गतिविधि,सभा सम्मेलन,भेला गोष्ठी आयोजना गरेको थियो ।
यसैविच शुक्रवार नै भएको भेलाले जिल्ला सहकारी संघ, विदुर नगर सहकारी समन्वय उप–समितिले नविन्द्रमान प्रधानको नयाँ नेतृत्व चयन गरेको छ ।
त्यस्तै समितिको सह–संयोजकमा हरिचन्द्र अमात्य, सचिवमा भोजराज पनेरु, सह–सचिवमा ज्ञानेश्वर अमात्य र कोषाध्यक्षमा राजकुमार तिम्सिनालाई चयन गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया