अखिल क्रान्तिकारी नुवाकोटको जिल्ला सम्मेलन जेठ २८ गते

विदुर खबर २०७७ चैत २२ गते ७:०४

नुवाकोट । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) नुवाकोटको जिल्ला सम्मेलन आगामी जेठ २८ गते हुने भएको छ ।

Advertisement

शनिबार नुवाकोटको बिदुरमा बसेको बिस्तारित बैठकले जिल्ला सम्मेलनको मिती तय गरेको हो । सम्मेलनको लागि बिनोद कोइरालाको संयोजकत्वमा ५१ सदस्यीय आयोजक कमिटी बनेको छ ।

नेकपा माओबादीका जिल्ला अध्यक्ष तथा बागमती प्रदेश सांसद हिरानाथ खतिवडाले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी संगठनले गर्ने हरेक कार्यमा पार्टिको पुर्ण सहयोग रहने बताउनु भएको छ । देशमा हुने राजनितीक परिवर्तन र सफलतामा बिद्यार्थीहरुको महत्वपुर्ण भुमिका रहने बताउदै उहाले संगठन निर्माण र सुदृढिकरण अभियानलाई सफलताका साथ सम्पन्न गर्ने काममा लाग्न अखिल क्रान्तिकारी नुवाकोटलाई निर्देशन दिनुभयो ।

Advertisement

त्यस्तै बैठकलाई सम्बोधन गर्नेक्रममा केन्द्रीय सदस्य प्रभास सुवेदिले स्थानीय तहमा भेला सम्मेलन सम्पन्न गर्दै जेठ २८ मा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको बताउनु भयो । संयोजक बिनोद कोइरालाले आफू विध्यार्थीको हकहित अधिकार प्रतिष्ठाको लागी काम गर्ने बताउनु भएको छ ।

केन्द्रिय समस्य सुवेदीका अनुसार संगठनलाई मजबुत बनाउँदै केन्द्रीय कार्यालयले तय गरेको २ महिने संगठन सुदृढीकरण अभियान चलाएर आगामी स्वबियु निर्वाचनमा जिल्लाका सबै क्याम्पसहरुमा विजय हासिल गर्ने लक्ष्याका साथ लाग्ने वताउनुभयो ।

Advertisement

बैठकमा केन्द्रीय सचिब पवन कार्की , केन्द्रीय सदस्यहरु प्रदिप शर्मा, प्रभास सुबेदी, सन्जय कल्धन, संजिव फुयाल, सागर केसी, क्याम्पस जिल्ला काठमांडौ संयोजक राजेश मैनाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया