नुवाकोटे टाइगरलाई रिङ रेस्लिङको उपाधि
नुवाकोट । पोखरामा आयोजित दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उनले उपाधि रक्षा गरेका हुन् ।
पोखरा रंगशालाको बहुउद्देश्य कभर्ड हलमा शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए ।
डेभिडले टाइगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारिसकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाईजम्प मार्फत टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधैँ रिङमा बज्रिदा घाइते हुन पुगे । पछि उठ्नै नसक्ने गरी बजारिएको मौका सदुपयोग गर्दै टाइगरले डेविडमाथि लक लगाएपछि रेफ्रीको ३ काउन्टसँगै च्याम्पियन बनेका हुन् ।
उपाधिसहित उनले १ लाख तथा च्याम्पियन बेल्ट प्राप्त गरे । उपविजेतामा सीमित डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । खेलमा चट्टान तेस्रो भए ।
पहिलो दिन शुक्रबार ठगु र द युगबीच च्यालेन्ज खेल पुनः शनिबार भएको थियो । पहिलो दिनको खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युगले ठगुलाई आजका लागि रिङबाटै च्यालेन्ज गरेका थिए । ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो । दुर्बले एकअर्का माथि रिङभित्र र बाहिर रहेका वस्तुहरु प्रहार गरेका थिए ।
खेलमा टेबल, कुर्सी, फलामको चेन, सिँढी लगायत त्यहा वरपर रहेका वस्तुहरु एकअर्कामाथि प्रहार गरिएको थियो । निकै घमासान भएको खेलमा रगत समेत बगेको देखिन्थ्यो । तर अन्त्यमा आएर द युगले ठगुलाई उठनै नगरी पछारेपछि जित हात पार्न सफल भए । योसँगै द युगले आइरन म्यानको उपाधि पाए ।
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको खेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका सदस्य सचिव तेज गुरुङ, नेपाल रिङ रेस्लिङ संघ महासचिव सुवर्ण श्रेष्ठलगायतले विजयीलाई पुरस्कृत गरे । खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया