फ्रान्समा चार हप्तासम्म लकडाउन घोषणा
विदुर खबर
२०७७ चैत १९ गते १२:०२

नुवाकोट । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ ।
राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।
टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए ।
Advertisement
साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया