पिपलटारमा वस र मोटरसाईकल एक आपसमा ठोक्किए,२ जना घाईते

विदुर खबर २०७७ चैत १९ गते ११:०६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा यात्रुवाहक वस र मोटरसाईकल एक आपसमा ठोक्किँदा २ जना घाईते भएका छन् ।

Advertisement

बट्टारबाट काठमाण्डौतर्फ गइरहेको पासाङ ल्हामु यातायातको प्रदेश नम्बर ३ को ०१–००५ ख ९५३१ नम्बरको वसले काठमाण्डौबाट बट्टारतर्फ आइरहेको मोटरसाईकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । घाइते हुनेमा रसुवाको कालिका गाउँपालिका वडा नम्बर ५ का कृष्णवहादुर आचार्य र हरिप्रसाद ढकाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।

Advertisement

घाइतेहरुको टाउको र खुट्टामा चोट लागेको बताइएको छ । उनीहरुलाई विदुरको एक अस्पतालमा सामान्य उपचारपछि काठमाण्डौ रिफर गरिएको बताइएको छ ।

दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया