पिपलटारमा वस र मोटरसाईकल एक आपसमा ठोक्किए,२ जना घाईते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा यात्रुवाहक वस र मोटरसाईकल एक आपसमा ठोक्किँदा २ जना घाईते भएका छन् ।
बट्टारबाट काठमाण्डौतर्फ गइरहेको पासाङ ल्हामु यातायातको प्रदेश नम्बर ३ को ०१–००५ ख ९५३१ नम्बरको वसले काठमाण्डौबाट बट्टारतर्फ आइरहेको मोटरसाईकलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् । घाइते हुनेमा रसुवाको कालिका गाउँपालिका वडा नम्बर ५ का कृष्णवहादुर आचार्य र हरिप्रसाद ढकाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।
घाइतेहरुको टाउको र खुट्टामा चोट लागेको बताइएको छ । उनीहरुलाई विदुरको एक अस्पतालमा सामान्य उपचारपछि काठमाण्डौ रिफर गरिएको बताइएको छ ।
दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
बालेन अब रास्वपाकाे वरिष्ठ नेता,गरे पदभार ग्रहण





प्रतिक्रिया