बहाना छाड्नुहोस्, फिट रहनुहोस्

विदुर खबर २०७४ फागुन ६ गते १०:४८

अहिले हाम्रो व्यस्तता यति धेरै बढेको छ कि, आफ्नै लागि हामीसँग समय छैन । अर्थात आफ्नो स्वस्थ्यलाई ख्याल राख्ने समय छैन । घर-व्यवहार, करियरको घनचक्करमा लागेर हामीले आफुलाई बिर्सिरहेका छौं ।

Advertisement

हामी धन कमाउने प्रयत्नमा रहन्छौं, करियर बनाउने प्रयत्नमा रहन्छौं । यी सबैकुराबाट त्यसबेला मात्र सन्तुष्ट प्राप्त हुन्छ, जब हामी फिट एन्ड फाइन रहन्छौं । शारीरिक रुपमा स्वस्थ्य र तन्दुरुस्त भइयो भने नै धनसम्पति, करियरको महत्व रहने हो ।

तर, हामीले आफ्नो स्वास्थ्यलाई ख्याल गरिरहेका छैनौं । आफु स्वंमलाई महत्व दिइरहेका छैनौ । बिहान चाडै उठ्ने, व्यायाम गर्ने, योगा गर्ने जस्ता कुरालाई उपेक्षा गरिरहेका छौं । जबकी स्वस्थ्य जीवनका लागि यी आधारभूत कुरा हुन् ।

Advertisement

हामी आफैलाई छल्न अनेक बहाना पनि गर्छौं । खासगरी फिटनेसको कुरामा । जब बिहान उठ्नुपर्ने हुन्छ, व्यायाम गर्नुपर्ने हुन्छ, हामी बहाना बनाएर त्यसलाई पन्छाइदिन्छौं ।

फिटनेस बहाना- आज म धेरै व्यस्त छु, मसँग व्यायाम गर्ने अतिरिक्त समय छैन ।

Advertisement

अब के गर्ने ?

जब हामी घर वा कार्यलयको जरुरी काम सम्पन्न गर्नका लागि समय निकाल्छौ, त्यस्तै व्यायामका लागि पनि थोरै समय निकालौं । आफ्नो व्यस्त दिनचर्याको जरुरी कामको सूचीमा व्यायाम पनि सामेल गरौं । यसलाई अनावश्यक सम्झेर नजरअन्दाज नगरौं ।

-कामको भार चाहे जतिसुकै बढी किन नहोस्, तैपनि केहि समय आवश्य निकालौं ।

-जिम जान सकिएन भने पनि घरमै हल्काफुल्का व्यायाम गरौं ।

-यदि व्यायाम गर्ने मुड छैन भने, बिहान आधा घण्टा चाडो उठेर मर्निङ वाकमा निस्कनुपर्छ ।

फिटनेस बहाना- आज म एकदमै थाकेको छु, मेरो मुड छैन ।

अब के गर्ने ?

व्यायाम गर्नुको साटो हिँडडुल गरौं । हिँडडुल गर्दा पनि शरीरमा ताजापन महसुष हुन्छ । उर्जा संचार हुन्छ । थकान पनि कम महसुष हुन्छ ।

-आफुले आफैलाई बुझाउँ कि व्यायाम गर्दा शरीर फूर्तिलो हुन्छ ।

फिटनेस बहाना- एक्लै एक्सरसाइज गर्न अल्छी लाग्छ ।

अब के गर्ने ?

व्यायामलाई रोचक बनाउका लागि अनेक तरिका अपनाउन सकिन्छ । यसका साथ आफ्ना मिल्दो साथीलाई पनि व्यायामका लागि पार्टनर बनाउन सकिन्छ ।

-व्यायामलाई रुचीकर बनाउनका लागि यस्तो एक्सेसरिज खरिद गरौं, जस्तो योगा पाइन्ट, टि शर्ट, ट्र्याक सुट आदि । यस्तो पहिरन लगाएर व्यायाम गर्दा राम्रो महसुष हुन्छ ।

-व्यायाम गर्दा म्युजिक सुन्न सकिन्छ ।

-हरेक दिन एकै किसिमको व्यायाम, योगा गर्दा दिक्क लाग्यो भने, कुनै दिन जगिङ वा बि्रक्स वाकका लागि जान सकिन्छ ।

-यसका साथै स्विमिङ, साइक्लिङ वा डान्स पनि जान सकिन्छ ।

-एक्लै व्यायाम गर्न अल्छी लाग्छ भने साथीसँग मिलेर योगा क्लास, डान्स क्लास वा एरोबिक्स जान सकिन्छ ।

प्रतिक्रिया