आज तराईमा होली पर्व मनाइँदै

विदुर खबर २०७७ चैत १६ गते ८:०९

नुवाकोट । आइतबार देशका पहाडी जिल्लाहरूमा होली पर्व मनाइएको थियो।

Advertisement

आज तराईका जिल्लाहरूमा मनाउन लागिएको हो।परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ।

सरकारले होली पर्वकै अवसरमा तराईका जिल्लाहरूमा बिदा दिएको छ। होली मनाउनका लागि प्रदेश २ सरकारले एक बिदा दिएको छ। यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।

Advertisement

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।

प्रतिक्रिया