सुर्यगढीको चोगतेमा स्वास्थ्य शिविर शुरु

विदुर खबर २०७७ चैत ५ गते २१:१९

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ को चोगतेमा विहिबारदेखि स्वास्थ्य शिविर शुरु भएको छ ।

Advertisement

सुर्यगढी गाउँपालिका आयोजना तथा रुडेकन गु्रप नुवाकोटको संयोजन र काठमाण्डौ मेडिकल कलेज सिनामंगल काठमांडौको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरको पुर्व अर्थमन्त्रि डा. रामरशण महतले उद्घाटन गरेका हुन् ।

स्वास्थ्य शिविर उद्घाटन गर्दै पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले स्वास्थ्य शिविरको भरपुर उपयोग गरि गाउँमै आएको स्वास्थ्य परिक्षणको लाभ लिन सबैमा आग्रह गरे । डा. महतले नुवाकोटको विकास निर्माणका कामहरु सबै आफ्नो पालामा शुरु भएको बताए । डा. महतले जिल्लामा लामो समयसम्म आफु निर्वाचित जनप्रतिनिधि रहेको भन्दै गेर्खुदेखि चोगतेसम्म सडक निर्माण, लब्धुदेखि चोगतेसम्म र सुर्यगढीदेलि लच्याङसम्म सडक निर्माण भएको बताए । उनले आफ्नो पालामा शुरु भएको विकास निर्माणका आयोजनाहरु अझसम्म संचालन नभएको भन्दै असन्तुष्ति व्यक्त गरे ।

Advertisement

यस्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका युवा नेता रमेश महतले नुवाकोटकै ईतिहासमा पहिलो पटक विभिन्न क्षेत्रका दक्ष चिकित्सकहरु एकै स्थानमा ल्याएर स्वास्थ्य परिक्षण शुरु गरिएको बताए । उनले काठमाण्डौका महँगा अस्पतालमा पाइने सेवा गाउँमै पाइएकोले स्वास्थ्य शिविरबाट लाभ उठाउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले गाउँपालिकामा एकैपटक ठुलो संख्यामा दक्ष डाक्टरहरु आएर स्वास्थ्य परिक्षण गर्नु आफैमा ठुलो उपलब्धी भएको बताए ।

Advertisement

तीन दिनसम्म संचालन हुने स्वास्थ्य शिविर आगामी शनिवारसम्म संचालन हुने छ । स्वास्थ्य शिविरमा काठमाण्डौ मेडिकल कलेजका बरिष्ट चिकित्सकहरुले निशुक्ल ईसिजी,भिडियो एक्सरे,ल्याव टेष्ट र सामान्य अपरेसन,स्त्री रोग, सामान्य स्वास्थ जाँच,नाक कान घाटी, आखा,दांत,मुटुरोग,वाल रोग, मानसिक तथा नसा रोग,हाडजेर्नी तथा नसा रोग , छाला तथा यौन रोगको निशुल्क स्वास्थ्य परिक्षण गर्ने छन् । शिविरमा दुई हजारभन्दा बढीले स्वास्थ्य लाभ अपेक्षा गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङ, लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, नेविसंघ नुवाकोटका क्षेत्रिय सभापति तथा महाधिवेशन प्रतिनिध कृष्ण मिश्र लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया