कांग्रेसले सरकारको जिम्मा लिएर चुनाव गराउनुपर्छ : गगन थापा
नुवाकोट । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर अब सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसलाई आएको बताएका छन् ।
नेकपा असफल भएपछि अब त्यो जिम्मेवारी कांग्रेसमाथि आएको थापाको भनाइ थियो । स्याङ्जाको भीरचोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीलाई अब शासन चलाउन दिनु भनेको बाँकी रहेका संवैधानिक निकाय र संसदलाई पंगु बनाउनु भएको उनको भनाइ छ । ‘कांग्रेसले अब केपी ओलीलाई घर पठाउनुपर्छ । कांग्रेसले छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ,’ थापाले भने ।
सुशासन, रोजगारी, स्वास्थ्यको क्षेत्रमा सुधार र बिग्रिएको संविधानलाई ठिक ठाउँमा ल्याउन पनि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनले दावी गरे । ‘संविधानभित्रको सन्तुलन जसरी गुमाइएको छ, त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आयो,’ थापाले भने ।
कांग्रेस नेतृत्वको सरकारले अब २ वर्ष गल्ती कमजोरी नगरीकन चुनावमा जानुपर्ने थापाको भनाइ थियो । ‘चुनावमा गएर जनतालाई भन्नुपर्यो । संविधान बनाऊ भन्नुभयो, बनायौं । नेकपाले सरकार चलाउन सकेन र अब कांग्रेसले चलाउँछ,’ थापाले भने, ‘नेकपा सरकारले रेल, पानीजहाज, हवाइअड्डा भनिरह्यो । कम्युनिस्ट सरकारको पालामा सपना अटायो, मान्छे अटाएन ।’
केही समय कांग्रेस सम्हालिएर सरकार चलाउनुपर्ने उनको भनाइ थियो । ‘संघको सरकार हामी चलाउँछौं, स्थानीय सरकारका साथीहरुले आआफ्नो ठाउँमा मिहिनेत गर्ने हो,’ थापाले भने, ‘यो निर्वाचनमा शानदार ढंगले निर्वाचनमा जान्छौं । हिजो के ग¥यौं हेर्ने होइन, सच्चिएर जाने हो ।’
हिजो बहुमत ल्याएको नेकपाले सरकार र पार्टी जोगाउन नसकेको अवस्थामा अबको बहुमत जोगाएर कांग्रेसले सरकार चलाउने थापाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा
कांग्रेस विदुर नगर सभापतिमा कार्कीको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस नुवाकोटको पालिका तथा क्षेत्रिय अधिवेशन स्थगित
उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा





प्रतिक्रिया