वाईसीएल नुवाकोटको इन्चार्जमा प्रकाश लामा, संयोजकमा दिनेश बोगटी

विदुर खबर २०७७ चैत ५ गते २०:०५

नुवाकोट । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नुवाकोटको इन्चार्जमा प्रकाश लामा र संयोजकमा दिनेश बोगटी चयन भएका छन् ।

Advertisement

वाईसीएल नेपालको चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले नुवाकोटसहित विभिन्न जिल्लामा इन्चार्ज र संयोजक चयन गरेको हो । यस्र्तै वाईसीएल रसुवाको इन्चार्जमा दिलिप तामाङ र संयोजकमा विकलाई चयन गरेको हो । त्यस्तै धादिङको इन्चार्जमा चन्द्रवहादुर शिलवाल र संयोजकमा राजाराम रिजाल चयन भएका छन् ।

सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।

बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।

Advertisement

प्रतिक्रिया