नेप्से ४० अंकले बढ्दा सबै उपसूचकमा छायो हरीयाली

विदुर खबर २०७७ चैत ४ गते १७:०४

नुवाकोट । साताको तेस्रो कारोबारको दिन नेप्से ४० दशमलव ४० अंकले बढेर २४३२ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।

Advertisement

आज २ सय १२ सय वटा कम्पनीको ८६ लाख २६ हजार ६ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको २० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफकोे १८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् भने जोशी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतले कमाएका छन्।

Advertisement

घलेम्दी हाईड्रोपावरका लागनीकर्ताले ८ दशमलव ८९ प्रतिशतले गुमाएका छन् भने गुडबिल फाइनान्सका लगानीकर्ताले २ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया