ओखलढुंगामा भिषण आगलागी

विदुर खबर २०७७ चैत ४ गते ११:२९
सांकेतिक तश्वीर ।

नुवाकोट । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका-४ मा रहेको जङ्गलमा मंगलबार रातिदेखि आगलागी भएको छ ।

Advertisement

बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् । स्थानीय प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ गएको संखुवासभाकी प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् । जङ्गलमा आगलागी भएकाले स्याउलाले निभाउने प्रयास भइरहेकेा उनले बताइन् ।

‘मंगलबार रातिबाट आगलागी सुरु भएको थियो । निभाउने प्रयास जारी छ ,’ उनले भनिन्, ‘विकट ठाउँ भएकाले दमकल जानसक्दैन्, पानीको अभाव भएकाले स्याउलाले आगो निभाउने प्रयास भइरहेको छ ।’

Advertisement

प्रतिक्रिया