विपक्षीहरु एकजुट हुनुपर्ने काँग्रेस-जसपा छलफलको निश्कर्ष
विदुर खबर
२०७७ फागुन २८ गते २०:१५

नुवाकोट । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच देउवा निवासमा बसेको बैठक सकिएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेताहरुले सबै विपक्षीहरु एकजुट हुनुपर्ने प्रस्ताव राखेको जनाउँदै आजको बैठक सकारात्मक रुपमा टुंगीएको बताएका छन् ।
उनले भने ,’छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौ । ‘
यस्तै, आजको बैठकमा सामान्य छलफल भएको जनाउँदै वृहत छलफल गर्नुपर्ने आवश्यकता रहेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया