सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरि

नुवाकोट । सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय अध्यक्षमा अर्जुन गिरी भारी मतका साथ विजयी भएका छन् ।
काठमाण्डौमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नुवाकोटको रेडियो त्रिशुलीका कपिलदेव खनालले १४ मत प्राप्त गरि लजास्पद हार व्यहोरेका छन् । निर्वाचनमा १ सय ७८ मत खसेको थियो ।
यसअघिका वरिष्ठ उपाध्यक्ष गिरी दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुन् । अरु बाँकि सबै पदमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सातौं अधिवेशनबाट केन्द्रिय सदस्य र प्रदेश कमिटी पनि निर्विरोध चुनिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया