नारी दिवसमा फलाटेमा महिलाहरुलाई स्यानिटरी प्याड वितरण

नुवाकोट । अन्तरााष्ट्रिय नारी दिवस २०२१ को अवसर पारेर सुर्यगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको भैरवी एकेडेमीले विद्यालयका महिला शिक्षक तथा छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ ।
नारी दिवसको अवसर पारेर सोमवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका महिला शिक्षक,कर्मचारी र छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेको विद्यालयका संस्थापक प्रिन्सिपल राममणी अधिकारीले जानकारी दिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल अधिकारीले महिनावारीलाई लिएर समाजमा अझै नराम्रो दृष्टिकोण रहेकोमा त्यसलाई न्युनीकरण गर्न सहयोग पुराउने उदेश्यले विद्यालयमा सबैलाई स्यानिटरी प्याड वितरण गरेको बताए ।

यस्तै विद्यालयकी शिक्षिका जमुना बुढाथोकिले विद्यालयमै स्यानिटरी प्याड वितरण गर्नाले महिलाहरुको महिनावारीप्रति ग्रामिण भेगमा रहेका मानिसहरुको हेर्ने दृष्टिकोणमा परिर्वतन हुने बताए ।
प्रतिक्रिया