दुई दशकपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी
विदुर खबर
२०७७ फागुन २२ गते २१:२६

नुवाकोट । बर्षौको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आइपुगेको छ ।
शनिबार साँझ काठमाडौंको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेपछि मेलम्चीको पानी काठमाडौं प्रवेश गरेको हो । यसअघि फागुन १० गते दोस्रोपटक सुरुङमा हालिएको थियो ।
झण्डै दुई दशकअघि सुरु भएको आयोजनाको काम अब अन्तिम चरणमा छ । आगामी चैत्रभित्रै काठमाडौंका बासिन्दा मेलम्चीको पानी उपयोग गर्न पाउने आयोजनाले जनाएको छ ।
आज सुन्दरीजलमा पानी झरेपनि फोहोर भएका कारण बागमतिमा झारिएको छ ।
सम्बन्धित
प्रतिक्रिया