नुवाकोट तारकेश्वरका सोनाम तामाङको साउदीमा मृत्यु

नुवाकोट । नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का विर बहादुर तामाङको २८ बर्षीय छोरा सोनाम तामाङको साउदीमा काम गर्दागर्दै अल्मोनियम मेसिनले थिचेर मृत्यु भएका छन्।
वैदेशिक रोजागारको सिलसिलामा साउदी अरब पुगेका सोनाम तामाङ ड्युटीको दौरान काम गर्दैगर्दा कार्यस्थलमै अचानक मेसिन लडेर आएर थिचेपछी उनको ज्यान गएको हो। तामाङ बिगत ३ वर्षदेखी साउदीमा कार्यरत थिए। मृतक तामाङ काठमाडौंको बानेश्वरमा अवस्थित राज ओभर्सीजबाट साउदी अरबको रेफ मेटल ईन्डस्ट्रीज कम्पनीमा कार्यरत थिए ।
कम्पनीमा कार्यरत मृतकका साथीका अनुसार बिहानको समय थियो। हामी खाजा खानको लागि आराम गर्दै थियौं । अचानक उहाँमाथि मेसिन ढलेर तामाङको दु:खद निधन भएको बताएको छ।
मृतकको स्थायी ठेगाना नुवाकोट जिल्ला तारकेश्वर गाउँ पालिका वडा न. ६ वडाध्यक्ष ज्ञानेन्द्र तामाङको भतिज रहेका छन् । राहदानी नम्बर ०७०२४२४८ बाहक मृतक तामाङको ४ बर्ष अघि बिबाह भएको थिए ।
मृतक तामाङका जेठान विवेक लामाले नेपाली राजदुतावास तथा साउदीमा रहेका विभिन्न क्रियाशील नेपाली संघसंस्थालाई आवश्यक पहल गरी घटनाको सत्य तथ्य छानबिन गरी छिटो भन्दा छिटो पार्थिव शव नेपाल पठाउन सहयाेग गरिदिनको लागि पिटि अनलाइन मार्फत हार्दिक अनुरोध गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया