बालुवाको ढिस्कोले पुरिएर दुईको मृत्यु

विदुर खबर २०७७ फागुन ९ गते ८:२२
सूचक फोटो

नुवाकोट । पूर्वी पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ  ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पुर्वखोला गाउँपालिका–४ छेबकुनमा रहेको बालुवा खानीमा काम गर्दै गर्दा ढिस्कोले पुरिएर दुई युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका–४ बलीपोखरा बस्ने वर्ष १३ की पवित्रा सारू र सोही ठाउँकी वर्ष ३६ की मायादेवी सिं रहेका छन् । शनिबार दिउँसो बालुवा खन्ने क्रममा अचानक माथिबाट बालुवाको ढिस्कोले पुरिन जाँदा पवित्रा सारूको घटनास्थलमा नै मृत्यु भएको र मायादेवी सिंलाई उपचारका लागि स्थानीय मेडिकलमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

Advertisement

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया