आज कांग्रेसका हेविवेट नेताहरु नुवाकोट आउँदै
नुवाकोट । नेपाली कांग्रेसका हेविवेट नेताहरु आज नुवाकोट आउने भएका छन् ।
नुवाकोटको विदुरमा रहेको पार्टी कार्यालय उद्घाटन गर्न कांग्रेसका नेताहरु जिल्ला आउन लागेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । नुवाकोट जिल्ला सभापति केसीका अनुसार पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टी सभापति देउवासहित वरिष्ट नेताहरु रामचन्द्र पौडेल, महामन्त्रि शसांक कोइराला,नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामा,युवा नेता गगन थापा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका सबै तहका कार्यकर्तालाई सहभागी हुन नेपाली कांग्रेसले सबैमा आग्ह गरेको छ । नेपाली कांग्रेस नुवाकोटले १० वर्षअघि विदुरमा साढे २ रोपनी जग्गामा साढे २ तले पक्की भवन बनाएको छ ।
उत्त भवनबाट नै पार्टी कार्यालय संचालन भएपनि कांग्रेसले त्यसलाई उद्घाटन गरेर औपचारिकता दिने तयारी गरेको नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया