भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु
विदुर खबर
२०७७ फागुन २ गते १७:१३

एजेन्सी ।भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।
कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् । उनीहरुमध्ये दुई जना बच्चाको अवस्था गम्भीर छ ।प्रतिक्रिया दिनुहोस्
सम्बन्धित
प्रतिक्रिया