जापानमा ७.१ म्याग्नेच्युटको भूकम्प

विदुर खबर २०७७ फागुन २ गते ८:०४

एजेन्सी । जापानमा आज शनिबार पूर्वी समुद्री तटमा ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ ।

Advertisement

त्यहाँका स्थानीय समय दिउँसको ११ बजेर ८ मिनेटमा उक्त भूकम्प गएको जनाइएको छ।अमेरिकी एजेन्सी युएसजीएसका अनुसार फुकुशिमाको प्रशान्त महासागरमा ५४ किलोमिटरको गहिराईमा भूकम्पको केन्द्र विन्दु रहेको थियो। भूकम्पको कारणले फुकुशिमा आणविक प्लान्टमा कुनै क्षति भएको छ कि छैन भनेर अनुसन्धान गरेको जनाइएको छ । अनुसन्धानमा त्यहाँ कुनै प्रकारको क्षति नपुगेको बताइएको छ ।

राजधानी टोकियोदेखि देशको दक्षिणपश्चिमी भागमा पनि भूकम्पको झटकको महसुस भएको समचार एजेन्सीले जनाएको छ।

Advertisement

प्रतिक्रिया