रसुवामा दुई यातायात व्यवसायी संंघ खारेजीमा

विदुर खबर २०७५ साउन ९ गते १५:५७

रसुवामा दुई यातायात व्यवसायी संंघ खारेज भएको छ । खारेज हुनेमा गोसाईकुण्ड यातायात व्यवसायी समिति र पासाङल्हामु मिनी ट्रक तथा ट्रक कन्टेनर व्यवसायी संघ रहेका छन् ।

Advertisement

संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात व्यवसायी संघ कम्पनीमा दर्ता नभएकाले खरेज गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णा पौडेलले बताउनुभएको छ । पौडेलले गृहमन्त्रालयले साउन ४ गते पत्र पठाएको र पत्रअनुसार साउन १ गतेदेखि दुई संघ खारेज भएका हुन् ।

यस्तैै, उक्त संघ तथा समितिमा सवारी दुर्घटनामा घाईते भएकाहरुको भुक्तानी पाउन बाँकी उपचार खर्च, संस्थामा कार्यरत कर्मचारीको तलब, बिद्युत महशुल, पानी लगायतका महशुल लगायत बाँकी रहेमा ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गर्नुभएको छ । यस्तै, प्रशासनमा आएका निवेदनको क्षतिपुर्तिका लागि संघ तथा समितिबाट भराउने र सम्बन्धित संस्थाले भराउन नसके आवश्यक क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा पत्राचार गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभएको छ ।

Advertisement

प्रतिक्रिया