बलिउड अभिनेत्री कसरी आकर्षक देखिन्छन् ? यस्तो छ सूत्र

विदुर खबर २०७४ फागुन ६ गते १०:४५

अभिनेत्री हुनका लागि दुई अघोषित सर्त छ, आकर्षक रुपरंग र दमदार अभिनय क्षमता ।

Advertisement

आकर्षणको कुरा गर्दा बलिउड अभिनेत्रीलाई उदाहरण मान्न सकिन्छ । ऐश्वर्य रायदेखि प्रियंका चोपडासम्मका बलिउड अभिनेत्री, जसले ‘विश्व सुन्दरी’को ताज पहिरिइसकेका छन् । अन्य अभिनेत्रीहरुको रुप र फिगरको विषय पनि चर्चायोग्य छ । बलिउडमा ‘जिरो फिगर’को पनि खास चर्चा हुने गर्छ । यस्तोमा अभिनेत्री करिना कपुर जोडिन्छन् ।

त्यसो त बलिउड अभिनेत्रीहरुमा एक किसिमको होड छ, फिटनेसलाई लिएर । उनीहरुको जीवनशैलीको एउटा हिस्सा हो, फिटनेस । अक्सर उनीहरु जिममा कडा व्यायाम गरिरहेका देखिन्छन् । त्यस्ता तस्विर सामाजिक संजालमा शेयर गरिरहेका हुन्छन् ।

Advertisement

बलिउड अभिनेत्रीहरुको खानपान पनि विशेष हुनेगर्छ । उनीहरु डाइट चार्ट अनुरुप खानेकुरा सेवन गर्छन् । अर्थात आफ्नो शरीरका लागि आवश्यक खानेकुरा सन्तुलित ढंगले सही समय तालिका अनुसार लिने गर्छन् ।

यस किसिमको अनुशासित जीवनशैलीले हो, उनीहरु आकर्षक देखिएका ।

Advertisement

दीपिका पादुकोण

मेरो त फिटनेसको सिम्पल फन्डा छ, स्वस्थ्य खानुहोस्, स्वस्थ्य रहनुहोस् । मेरो लागि फिटनेसको अर्थ स्लिम हुनु होइन । बरु शारीरिक रुपमा बलियो हुनु हो ।

मेरो लागि व्यायाम र स्वस्थ्य खानेकुराले अधिक महत्व राख्छ । स्लिम हुनका लागि म कम होइन, बरु स्वस्थ्य खानामा विश्वास गर्छु । म जिम जरुर जान्छु । कार्डियो एक्सरसाइज गर्छु । साथै मसल्स बलियो बनाउनका लागि वेट ट्रेनिङ पनि गर्छु । म साइज जीरोलाई खास महत्व दिन्न, किनभने तपाई आफुलाई सहज महसुष गर्नुहुन्छ भने, कुनैपनि साईज नराम्रो होइन ।

प्रियंका चोपडा

म फिट रहनुका लागि नियमित रुपले सन्तुलित खानेकुरा र वर्कआउट गर्छु । बढीलाई सेपमा राख्नका लागि हप्तामा कम्तिमा पाँच दिन वर्कआउट गर्छु । योग पनि गर्छु । म फलफूल र सागपात पर्याप्त खान्छु । साथै पानी पनि खुब पिउँछु । हप्तामा चार पटक जिम जान्छु, जसमा १५ मिनेट ट्रेडमिलमा दौडन्छु । त्यसपछि २५ कन्चेज वा पुशअप्स गर्छु । वर्कआउटमा जम्पिङ, सही तौलका लागि बाइसेप्स कल्र्स, पावर रनिङ गर्छु ।

करिना कपुर

म नियमिन पावर योग गर्छु । योगले नै मेरो जिन्दगी बदलिएको हो । म हरेक बिहान योग गर्छु, जसले दिनभर मलाई हेल्दी राख्छ । यसका साथै व्यायाम गर्छु । डाइटको पर्फ]{ट कम्बिनेसन पनि राख्छु । दिनमा एक घण्टा व्यायाम गर्छु ।

प्रतिक्रिया