संसद विघटन असंवैधानिक कदम : डा. प्रकाशचन्द्र लोहनी

विदुर खबर २०७७ माघ २८ गते १५:०६

नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संसद विघटन गैरसंवैधानिक भएकोले संविधानको रक्षाको लागि सबै रााष्ट्रवादी पक्षहरु एकजुट हुनुपर्ने बताएका छन् ।

Advertisement

नुवाकोटको विदुरमा रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. लोहनीले अहिले देशमा नयाँ संविधान बनेपछि जनताले शाान्ति स्थाइत्व र शुसासन कायम हुन्छ भन्ने विश्वास लिएपनि त्यसको ठिक विपरित कुशासन र भुइबुट्टा वर्गको मात्र आर्थिक विकास भइरहेको बताए ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै डा. लोहनीले देशमा संवैधानिक संकट देखिएकोले देशमा अराजकता देखिने बताए । उनले देशलाई दुर्घटनबाट बचाउन प्रजातन्त्रीक रााष्ट्रवादी शक्ति आवश्यक रहेको बताए । उनले जनताले शासन गरेपनि नेपालको लागि संवैधानकि राजतन्त्र आवश्यक रहेको बताए ।

Advertisement

प्रतिक्रिया